भारतीय न्युज च्यानलहरु बन्द गरेकोमा सरकारले दियो धन्यवाद
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका बारेमा भ्रामक प्रसारप्रसार गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद व्यक्त गरेको छ ।
शुक्रबार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गरी अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमहरूको प्रसारण रोकेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसरी स्वतस्फूर्तरुपमा त्यस्ता च्यानलहरुको प्रसारण रोकेका वितरकहरुलाई धन्यवाद ज्ञापन गरेको हो।
‘केही भारतीय सञ्चार माध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवर सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
साथै विज्ञप्तिमा आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने÷गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्दछ।’ भनिएको छ।

