बारेकोट पहिरो : ५ जनाको शव भेटियो, अझै ७ बेपत्ता
प्रकासित मिति : २०७७ असार २६, शुक्रबार १६:०९
प्रकासित समय : १६:०९
जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोपाल सार्की, उनका छोरा अर्जुन सार्की, कुशे ९ चौताराका डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्।
अर्का एक जनाको पहिचान खुलेको छैन। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले घटनास्थलमाट पाँच जनाको शव निकालिएको जनाए। त्यस्तै सोही घटनामा सात जना अझै बेपत्ता छन्।
पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको थियो। बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।