प्रहरी हिरासतबाट फरार युवक पक्राउ
प्रकासित मिति : २०७७ असार २६, शुक्रबार ११:५३
प्रकासित समय : ११:५३
धनगढी, कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति खाना खाएर हात धुने क्रममा प्रहरीलाई कुटपिट गरी फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले चुरे गाउँपालिका–६ को सिराडी ग्वासी माविको जंगलको खेतमा हिँडिरहेको अवस्थामा ऐरलाई पक्राउ गरेको जानकारी दिए।
आफ्नै हजुरआमा हत्या अभियोगमा कैलालीको इलाका प्रहरी कार्यालय, फल्टुडेको थुनामा रहेका ऐर ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका थिए। ऐरको खोजीका लागि प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको थियो।