दाङमा भारतीय मिडिया बिरूद्ध प्रर्दशन
प्रकासित मिति : २०७७ असार २६, शुक्रबार १५:५८
प्रकासित समय : १५:५८
दाङ,भारतीय मिडियाकाे बिरूद्ध आज दाङमा प्रर्दशन गरिएकाे छ । राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियुले भारतीय मिडियाकाे बिरूध सडकमा उत्रिएका हुन् ।
जिल्लाकाे तुलसीपुरमा युवा विद्यार्थीहरुले भारतीय मिडियाकाे पुत्ला दहन समेत गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुतको विषयमा भारतीय मिडियामा प्रयोग गरेको आपत्तिजनक शब्दप्रति विरोध जनाउँदै युवा विद्यार्थीहरुले जी न्यून लगायतका भारतीय न्यूज च्यानलहरुकाे पुत्ला जलाएका हुन्।
भारतीय मिडियाको अनर्गल प्रचारले नेपालको एकतालाई खलबल्याउने वक्ताहरुले बताएका थिए । यस विषयमा लिएर नेपालमा विभिन्न स्थानमा विरोध प्रदर्शन भएकाे छ । नेपालमा भारतीय च्यानल समेत बन्द गरिएको छ ।