गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं ,गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन्।

आज सबै भन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ र गोरखामा एक एक जना थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।