कोरोना अपडेट : ११८ जना संक्रमित थपिए, १२० डिस्चार्ज

काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ११पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ४८.१ प्रतिशत निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ३५ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ८०६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको २३ हजार ९१० छ भने आइसोलेसनमा ८ हजार ६०३ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ।