काठमाडौंमा थप ४२ जनामा कोरोना संक्रमण
काठमाडौं,काठमाडौं उपत्यकामा आज (शुक्रबार) ४२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
आज नेपालमा संंक्रमण पुष्टि ११८ जनामध्ये ३२ जना काठमाडौं उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।
हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । हालसम्म देशभरका क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।