अविरल वर्षाका कारण म्याग्दीमा पहिरो, ७ जना बेपत्ता
प्रकासित मिति : २०७७ असार २६, शुक्रबार ०७:२१
प्रकासित समय : ०७:२१
काठमाडौं, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् ।
अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
पहिरोले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार विस्थापित भएका छन् भने घण्टीवाङ मुनीको रिखामा ६ घरमध्ये चार घर विस्थापित भएका छन्।
पहिरो लगातार झरिरहेको कारणले गर्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनास्थलमा हेलिकप्टर जान लागेको भएपछि खराब मौसमका कारण उड्न सकेको छैन ।