अखिल क्रान्तिकारी बाँकेले भन्यो जबर्जस्ति उठाईएको शुल्क तत्काल फिर्ता गर
नेपालगन्ज, बाँके नेत्रबिक्रम बिप्लव निकट भातृ संगठन अखिल क्रान्तिकारीले लकडाउनका बेला बिद्यार्थीका नाममा जर्बजस्त उठाइएको शुल्क फिर्ता गर्न चेतावनी दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै निजी बिद्यालयहरुले जर्बजस्त उठाएको शुल्क फिर्ता गर्न चेतावनी दिएको हो ।
अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिबी शाहीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । यस्तो विषम परिस्थितिमा बाँके जिल्लामा क्रियाशिल निजि शिक्षण सस्थाका संगठनहरु मुख्तत प्याबसन र एनप्याबसनले अनलाइन र विद्युतीय शिक्षाको नाममा बन्दाबन्दी रहेको अवस्थामा अभिभावकसँग भर्ना गर्न जारी गरिएको संयुक्त अपिलप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । शाहीले भनेका छनर हाम्रो संगठन उक्त निर्णय तत्काल फिर्ता गर्न समेत जोडदार माग गर्दछ । यसकासाथै विद्यार्थीहरु र अभिभावकहरुलाई बन्दाबन्दी अवधिको शुल्क नतिर्न समेत विशेष अपिल गर्दछ ।
साथै बिज्ञप्तीमा बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा शुल्क लिने, प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गरेर अभिभावकमाथि आर्थिक भार थोपर्ने, विभिन्न बहानामा अभिभावकसँग महङ्गो शुल्क असुलि गर्ने लगायतका कार्यहरू तत्काल बन्द गर्न विगतदेखी नै मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा समेत पनि अटेर गरि शुल्क असुलि नरोकिएको पाईएको छ । त्यसकाे हामी घाेर निन्दा गर्दछाैँ ।
अखिल क्रान्तिकारीले शुल्क फिर्ता नगरे संघर्षकाे मैदानबाट फिर्ता गराउने चेतावनी समेत दिएकाे छ ।


