भोटेकोशीको बाढीले दुईको मृत्यु, १८ जना वेपत्ता
प्रकासित मिति : २०७७ असार २५, बिहीबार ०७:१८
प्रकासित समय : ०७:१८
चौतारा, रातभरकाे अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर संरचना समेत बगेका छन् । साथै, अरनिको राजमार्गमा समेत क्षति पुर्याएको छ । बाढीको कारण खागदलको पक्की पूल नै बगाएपछी भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्पर्क टुटेको छ ।
सडक भत्किएपछि उद्धार कार्यमा कठिनाई भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । अहिले उद्धारका लागि हेलिकोप्टर पुगेको बताइएकाे छ ।