कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६१
प्रकासित मिति : २०७७ असार २५, बिहीबार १४:३५
प्रकासित समय : १४:३५
काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिममा गरिएको परीक्षणमा सुर्खेतका ५, दैलेखका १ जना, रुकुमपश्चिमका ४ जना र जाजरकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ५६१ पुगेको छ ।
संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार ३२१ जना निको भएर घर फर्किएका छन् । आज मात्र ३० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । २३४ जना आइसोलेशनमा उपचाररत छन् ।