बाँकेका युवा बिद्यार्थीहरुको सन्देश नेतृत्वपंक्ति एकतावद्ध भएर अघि बढोस्
प्रकासित मिति : २०७७ असार २४, बुधबार २२:१४
प्रकासित समय : २२:१४
नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकेले नेतृत्वलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन । बुधबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएर एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका हुन ।

ज्ञापनपत्रमा नेतृत्वले आ-आफ्नो गम्भीर कमि कमजोरी र अहंकारलाई त्यागेर आत्म समिक्षा सहित रुपान्तरण हुनको विकल्प नरहेको उल्लेख गरिएकाे छ ।

एकताबाट भाग्ने छुट कसैलाई नभएको भन्दै व्यक्ति भन्दा निति विधि र मूल्यमान्यता स्थापित भएको बलियो कम्यूनिष्ट पार्टि चाहिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । युवा सघं नेपाल बाँकेका संयोजक कुश्माखर बस्याल र अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्रजंग शाहले संयुक्त हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएका हुन ।


