अछाम लयाँटीको साल्लुख खोलामा तटबन्धन, स्थानिय भन्छन बजेट कम भैदियो
अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका अन्तर्गतको वार्ड न ५ दुनि टोलमा पर्ने साल्लुख खोलामा सोमबारदेखि सुरू भएको तटबन्धको काम सम्पन्न भएको छ । सोमबारदेखि सुरू भएको काम ३ दिनमा सम्पन्न भएको हो ।
गाउँको शिरानिमा रहेको कालिका सामुदायिक बनमा डेढेलो लागेको थियो । डढेलो लागेकी केही दिनपछि भएको बेमौसमी बर्षाका कारण पुरै खोलाले बाढिको रुप लियो । जसका कारण यहाँका बिधालय, धारा, कुवा र केही स्थानियहरुको घरजग्गामा सामान्य क्षति भएको थियो । त्यतिबेला क्षतिको एकिन नभए पनि केही स्थानमा मात्र तटबन्ध गरिएको थियो ।
हाल आएर उक्त समस्याको दीर्घकालीन समाधानका लागि बाँकी रहेका स्थानहरुमा तटबन्धका गर्न भनेर रु १५०,००० बजेट बिनियोजन भएको थियो ।
स्थानीयबासीले तटबन्धनको लागि स्थानीय सरकारले बजेट ब्यवस्थापन गरेपनि भुगोल अनुसार कम गरेकाले सोचे जस्तो हुन नसकेको बताएका छन ।