देउखुरीको सिसहनियाँमा ४ हजार बढीलाई कोरोना बिरूद्धको होमोप्याथिक औंषधी बितरण
भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस रोग संग जुध्न सक्ने रोगप्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गरेको छ । चेम्बरले बुधबार सिसहनियाँ बजारमा एक कार्यक्रमको आयोजना गरी अाैषधी वितरण गरेको हो ।
मारवाडी सेवा समिति दाङको आयोजना एवम् दाङ चेम्बर अफ कमर्स र राप्ती गाउँपालिकाको समन्वयमा राप्ती गाउँपालिकाका ७ सय ९१ घरपरिवारका ४ हजार बढी व्यक्तिहरूलाई निशुल्क अाैषधी वितरण गरिएको चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
१ वर्ष देखि माथिका सवै उमेरका तथा दिर्घ रोगीहरूलाई समेत खान मिल्ने होमोप्याथीक अाैषधी एक जनाले कुल ६ वटा चक्की अाैषधी मध्ये लगातार ३ दिन ३ चक्की र ३ हप्ता ३ चक्की विहान खाली पेट खानुपर्ने र अाैषधी सेवन गर्ने अवधीभर माछामासु, मादक पदार्थ, सुर्तीजन्य पदार्थ तथा गुट्का र लसुन प्याज खान नमिल्ने साथै बोजो सुघ्न नमिल्ने मारवाडी सेवा समिति दाङका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।
अध्यक्ष अग्रवालका अनुसार अाैषधीले कुनै पनि रोग लाग्नबाट बचाउनुको साथै युनिटीपावरको वृद्धि हुने बताएका छन् । यस अघि मारवाडी सेवा समिति र दाङ चेम्बरले घोराहीका विभिन्न वडा, तुलसीपुर र राजपुरमा अाैषधी वितरण गरिसकेको र अन्य पालिकामा अाैषधी वितरण गर्न बाँकी रहेको दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले बताएका छन् । अाैषधीको माग बढी अाएमा पुन अाैषधी वितरण गरिने महराले बताएका छन् ।
निशुल्क रूपमा कोरोना भाइरस रोग संग जुध्न सक्ने रोगप्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी पाएपछि राप्ती गाउँपालिकाका विभिन्न वडाबाट आएका स्थानीबासीहरू खुसी व्यक्त गरेका छन् । उनीहरूले याे आैषधी सबैले सेवन गर्नुपर्ने समेत बताएका थिए ।
कार्यक्रम राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ चेम्बर अफ कमर्सका सचिव कुमार श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री लगायत समाजसेवी बुद्धिजीवी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चेम्बरका पदाधिकारीहरूको सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव चुमबहादुर बुढाले गरेका थिए ।