सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ९ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये कञ्चनपुरका ५ र डोटीका चार जना छन्।

यससँगै अस्पतालको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको कूल संख्या एक हजार १६ पुगेको छ। पछिल्लो २४ घन्टामा २०७ जनाको परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।