बाँकेमा फेरी थपिए १० जना कोरोना संक्रमित

  नेपागन्जमा, बाँके कोरोना संक्रमण शुन्यमा झरेको भनिएपनि बुधबार पुन: नेपागन्जमा कोरोना संक्रमित देखिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बुधबार नेपालगन्जका २ जना महिलामा कोरोना संक्रमण देखिएको हो । मंगलबार बेलुकासम्म बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाँउपालिकालाई कोरोना मुक्त भएको बताईएको थिए । यद्यपी त्यसकै भोलीपल्ट आज पुन कोरोना संक्रमित भेटिएका छन ।

थपिएका संक्रमितहरुमा नेपालगञ्ज वडा नं १४ का दुबै जना महिला रहेका छन् । उनीहरु २२ र ४५ वर्षका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार बिहानसम्म कोहलपुर नगरपालिकाका १०, खजुरा गाउपालिका ४, राप्तीसोनारी २, जानकी र बैजनाथ गाउपालिकामा १/१ जना गरी १८ जना संक्रमित रहेका छन् ।

बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । भेरी अस्पतलामा हालसम्म प्राप्त १४२५० नुमनामध्ये १४०५० नमुना परिक्षण भएकोमा ६७८ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३९५ जनाको नमुना परिक्षण गरीएकोमा बाँकेका २ सहित दाङका ४, रुकुमका ३ र कालिकोटका १ गरी १० जनामा कोरोना संक्रमण देखिएको हो ।