नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने
प्रकासित मिति : २०७७ असार २४, बुधबार ०९:३९
प्रकासित समय : ०९:३९
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।
दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो । दुई अध्यक्ष लगातार छलफलमा जुटेपनि दुबै जना आफ्नो अडानबाट पछि हटेका छैनन् ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कुनै पनि हालतमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओली राजीनामा नगर्ने पक्षमा छन् । यहि टकरावका कारण नेकाप भित्रको विवाद पेचिलो बन्दै गएको छ ।