गण्डकीमा थपिए १३ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ असार २४, बुधबार १५:२६
प्रकासित समय : १५:२६
काठमाडौं, गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९ पुगेको छ।
थपिएका संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ। यसअघि आज बिहान गण्डकीका तीन जनालाई कोरोना संक्रमण देखिएको थियो।