जोसंग भोको र रोको नरैनापुर हैन समृद्ध नरैनापुर बनाउने धोको छ

कहिलेकाँही जनताका दु:ख सम्झेर खाना खान मनै लाग्दैन् । रातभरी हिडछु काम नसकुन्जेल घरभित्र पस्न पनि मन लाग्दैन् । सोमबार आफनो कार्यकक्षमा अषाढे फायल पल्टाउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भने ‘जनताको दु:ख मेरो दु:ख जनताको सुख मेरो सुख’ ।

निधारमा आएको चिटचिट पसिना रसिला आँखाका कुना पुछदै अध्यक्ष शाहले भने राजनिति कम जनताको सेवा बढि गर्छु । सडक थिएन सडक पुयाँए, बिद्युत थिएन, बिद्युत पुर्याँएँ, स्वास्थ्यको कुनै ठेगान थिएन १५ सैयाको अस्पताल बनाँए । र बनाउदैछु नरैनापुर बासीको कर्मको रेखा ।

बिचबिचमा हिन्दी अनि नेपाली भाषामा कुरा गर्ने शाह अब्बल देखिन्छन  र उत्तिकै भावुक पनि छन  । उनि देशको अबस्था सरकारको काम गराइको तरीका हेर्छन आजीत हुन्छन् । हिउद लाग्यो आगोको बिपत्ति र जाडो, बर्षा लाग्यो बाढी कुनै सिजन हुदैन जो नरौनापुरबासीका लागि ढुक्कसंग निदायर सुत्नु परोस ।

बति मुनीको अँध्यारो नरैनापुर सुगममा भएर पनि दुर्गम छ उनि भन्छन गाउँपालिकालाई केन्द्र सरकारले बेवास्था गरेको कारण हामीले यो दु:ख झेल्नु परेको हो ।

नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन ६ वटा गाविस कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गङ्गापुर मिलेर बनेको हो । गाउँपालिकाको तथ्याङ्कअनुसार कूल १७२.३४ किमी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना जोडिएको छ ।

यहाँको जनसङ्ख्या करिब ४० हजारको हारहारीमा रहेको छ । कुनैबेला नेपालगञ्जसम्म आउजाउ गर्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था थियो ।  धौ धौ अथक मेहनतले नेपालगन्जदेखि ३५ किलो मिटरको दुरीमा रहेको नरैनापुर क्षेत्रमा गाडि रोड बनेको छ । नरैनापुरबासीको घरमा उज्यालो पसेको छ ।

नरैनापुर बासीको घरमा उज्यालो बलेको दिन इस्तीयाक अहमद शाहको मन चंगा चंगा भयो । उनि त्यो सबै दु:खहरु थाति राखेर गदगद भए । बषौँदेखि अँध्यारोमा हराइरहेको नरैनापुरलाई उज्यालो बनाए । 

३५ किलोमिटरको दुरीमा रहेको नेपालगन्ज देशकै बिकासलाई चुनौति दिइरहेका बेला नजिकैको कान्छो कर्णाली जस्तै थियाे । ३ बर्ष अगाडिको दुख सम्झाउदै शाह भन्छन सिमानाको दुख के हो ? राज्यले नरैनापुरलाई सोध्नुपर्छ ।

कोरोनाले थपेको पिडा

कुनैनैबेला कोरोनाको केन्द्रबिन्दु बनेको बाँके नरैनापुर पछिल्लाे चरणमा कोरोनामुक्त बनेको छ । नरैनापुर गाउँपालिका अध्क्ष शाह अहिले अलिक खुशी देखिन्छन् । ढुक्कको सास फेर्न थालेका छन्। ‘एकातिर संक्रमित बढिरहेका थिए भने अर्कातर्फ क्वारेन्टाइनमा बसेका मानिसहरू पनि धमाधम भाग्न थालेपछि त्यतिबेला म अताल्लिएको थिएँ’ अध्यक्ष शाह स्मरण गर्छन‚ ‘न डाक्टर न राम्रो स्वास्थ्य सेवा न सरकारको सहयोग तनाबको हिसाब नगर्नुस शाहले पसिना पुछदै भने म त गाउँ नै सखाप हुने डरले पागल झैं भएको थिएँ।’ 

‘भारतीय सिमाबाट सम्झाएर क्वारेन्टाइनमा ल्यायो‚ बेलुका भागेर खोज्न प्रहरी लिएर जानुपर्ने’ अध्यक्ष शाहले सम्झना गरे‚ ‘समुदायमा सरेर झन् महामारी फैलँदै गाउँ नै सखाप पार्ने हो कि भनेर प्रधानमन्त्री र प्रदेशलाई पत्र लेखेको हो।’ यो अवधीमा आफूलाई सञ्चार माध्यमलगायत अन्य धेरै ठाउँबाट सहयोग भएको उनले बताए।

नैरैनापुरले फेर्न थालेको काँचुली

पछिल्लो समय नरैनापुरको हरेक क्षेत्रले काँचुली फेर्न थालेको छ । शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ । अध्यक्ष शाह भन्छन गाउँपाकिामा सडक पुयाँए , अथक मेहनतले बिजुली पुयाँएँ ।स्वास्थ्यको लागि १५ सैयाको अस्पताल बनाएँ । कृषिको क्षेत्रका कृषकहरुको प्रोत्सानको लागि अनुदानको ब्यवस्था गरेँ । उनि भन्छन मेरो कार्यकालमा नरैनापुरको काँचुली फेरेको देखिने छ ।

राजनिति कम सेवा बढि गर्नु छ

अध्यक्ष शाहलाई राजनिति गर्नु छैन । उनि भन्छन जनताको सेवा नै ठुलो राजनितिक सफलताको हो । म राजनिति कम सेवा बढि गर्छु । जनताको हर दुखसुखमा हाजीर छु र हुनेछु । म मेरो गाउँपालिकाका जनतालाई भोको,रोको भन्दा पनि समृद्ध सपना पुरा गर्ने अभियानमा छु ।

भिडियो

https://youtu.be/hjLzUR_0Ex4