भालुवाङका अकबर अलिले दिए होटेल एभरल्याण्डलाई ३ लाख ५० हजार भाडा छुट
भालुवाङ, दाङ भालुवाङका अकबर अलि दम्पतिले अर्घाखाँचीमा रहेकाे होटल एभरल्याण्डलाई ३ लाख ५० हजार बराबरकाे घर भाडा छुट दिएका छन् । अहिले कोरोनाले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा न ८ भालुवाङ स्थित राप्तीनदी किनारमा रहेको भाडामा दिएको आफ्नो घरजग्गामा सन्चालित होटल एभरल्याण्डका घर धनि अकबर अलि र सानी खातुनले झण्डै चार महिनाको तीन लाख पचास हजार बराबरको भाडा छुट गरेका हुन् ।
यसरी चार महिनाको भाडा छुट दिएर समाजमा उदाहरणीय काम गरेका छन् अकबर अलिले । यसरी चार/चार महिनाको भाडा छुट दिएर हामी जस्ता आफ्नै देशमा केही गर्नु पर्छ भन्ने युवाहरूलाई थप हौसला र प्रेरणा प्रदान गरेकाे हाेटेल सञ्चालक मध्येका एक दामोदर खनालले बताए । अकबर अलि र सानी खातुन प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलिका बुबाआमा हुन् ।