देउखुरी कोरोना बिशेष आइसोलेनमा संक्रमितलाइ फलफुल बितरण
भालुवाङ , दाङमा कोरोना संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्भि गर्न आइसाेलेसनमै पुगेर फलफुल बितरण गरिएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।
दाङको कोरोना विशेष ‘देउखुरी आइसोलेसन सेन्टर’ मा रहेका बिरामीका लागि फलफूल बितरण गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेयले जानकारी दिए ।
देउखुरीको राप्ती गाँउपालिका ३ मौरीघाट स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा रहेका ६२ जना कोरोना संक्रमित बिरामीहरुको मनोबल बढाउन फलफुल बितरण गरिएको सभापति पाण्डे बताए ।
फलफूल बितरण गर्न नेपाल काँग्रेस महासमिती सदस्य जानकीलाल बस्नेत, जिल्ला सदस्य हरि भुसाल, प्रदेश क का सभापति तारा डिसी, बुद्धिप्रकाश चौधरी र किशोर पुन लगायतका नेताहरुको टोली आइसोलेसन सेन्टरमै गएर फलफुल बितरण गरेका थिए ।
क्षेत्र नम्वर १ ले कोरोना जोखिममा रहेर काम गर्ने सम्पुर्ण स्वास्थकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु र पत्रकार सम्पूर्णलाइ धन्यवाद समेत ब्यक्त गरेको छ ।