कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल

गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण भइरहेकोले रिपोर्ट नआउन्जेल बजार सिल गरिएको नगरपालिकाले सूचित गरेको छ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि नगरवासीलाई गोदावरी नगरपालिकाले आग्रह गरेको छ।