अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या१ लाख ३२ हजार ५५२ पुग्यो
प्रकासित मिति : २०७७ असार २२, सोमबार ०८:१०
प्रकासित समय : ०८:१०
काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८१ हजार ८ पुगेको छ ।सोमबार बिहानसम्म १ लाख ३२ हजार ५५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये १२ लाख ८५ हजार ४५० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ६३ हजार ६ जनामध्ये १६ हजार ७ जनाको अवस्था गम्भीर रहेको छ ।