जानकी गाउँपालिकालाई भ्रष्टाचारमुक्त गाउँपालिका बनाउछौँ : अध्यक्ष यादव
नेपालगन्ज, बाँके जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादबले गाउँपालिकालाई भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने दाबी गरेका छन । आइतबार गाउँपालिकाद्धारा खजुराखुर्दमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष निवासले गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका हुन ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादबले भने म पनि भ्रष्टाचार गर्ने छैन र कुनैपनि कर्मचारीलाई गर्न दिनेछैन उनले भने समृद्ध जानकी बनाउनका लागि भ्रष्टाचार निर्मुल पार्नु हाम्रो प्रमुख दायित्व हुनेछ । साथै अध्यक्ष निबासले आफुले पालिकाको बिकासका लागि कुनैपनि कसुर बाँकी नराख्ने बताए ।
बासले सहजीकरण गरेको कार्यक्रममा जानकी गाउँपालिकाका सबै कर्मचारी बिभिन्न राजनितिक दल समाजसेवी तथा नागरीक सामाजको समेत उपस्थीति रहेको थियो । कार्यक्रममा सर्बसाधारणको गुनासोलाई स्.बोधन गर्दै कार्यकारी हरि बहादुर खत्रिले जनताको सेवाको लागि आफुहरु निरन्तर प्रतिबद्ध रहेको बताएका थिए ।

