राजमो दाङले भन्यो(कोरोना परिक्षण निशुल्क भएको अवस्थामा शुल्क माग्नु जायज होइन
दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना परिक्षणका लागि शुल्क लिन लागेको कुराप्रति राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले ध्यानाकर्षण जनाएको छ ।

सरकारले कोरोना भाइरसको निशुल्क परिक्षण हुने भनिसकेको अवस्थामा प्रतिष्ठानले रकम लिन नहुने भन्दै जनमोर्चाले गम्भिर ध्यानाकर्षण जनाएको छ । जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले आइतबार एक विज्ञप्ति प्रकाशित गरी जिल्लामा प्रतिष्ठान र स्थानीय सरकारहरुको बिचमा एक आपसमा समन्वय नहुँदा जनता मारमा परेको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा जनतालाई कोरोनाको संक्रमणबाट जोगाउन तीन तहका सरकार गम्भिर हुनुपर्ने भन्दै क्वारेन्टिन र आइसोलेसनको उचित व्यवस्थापन हुनुपर्ने र कोरोनाका जाँच सहजरुपमा गर्नुपर्ने उल्लेख गरि गरिएको छ । प्रतिष्ठानमा भएको सम्पुर्ण खर्च र त्यसको राम्रो ब्यबस्थापनको लागि आवस्यक उपकरण र बजेटको ब्यवस्था गर्न केन्द्र सरकारसंग अनुरोध छ’ विज्ञप्तीमा भनिएको छ ।

