सन्दर्भ : एमसीसी
पेट्भरी हलाहल बीष र
जिब्रोमा अमृत बोकेर
कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ
ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद
एमसीसीको नाम बोकेर ।
देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले
नेपाली माटो रणभुमिको मसानघाट र
जनतालाई मुर्दा बनाएर
यता बोलाइरहेको छ
बिदेशी दुश्मनी मलामी
एमसीसीको प्लेकार्ड
छातिमा टास्न लगाएर,
ए ! डल्लरमा बिकेका
डल्लरका पुजारीहरु हो !
खबरदार पास गरिएला
देश र जनताको घातक एमसीसी प्रकरण !
यदि
प्राकृतिक सम्पदाले शृङ्गारिएर
सुन्दर बनि उभिएको
स्वतन्त्र सार्वभौम शान्त देशलाई
डल्लरमा धरौटी राखी
बिदेशी शक्तिको हस्तक्षेपलाई
स्थान दिने हो भने
नेपालको सैन्य शक्तिलाई
कमजाेर बनाउदै
कर्मठ नेपालीहरुको
श्रम र सिप माथि आगो
लागाउँनु हो ।
त्यति मात्र कहाँ होर हजुर !
एमसीसी लागु गर्नु भनेको
आफ्नै ढुकुटी भित्र
मुसो रुपि कालो गोमन साप
दुध पिलाएर पाल्नु हो ।
अनि / एमसीसी भनेको यो पनि होकि !
बिरालो रुपको बाघको डम्बरु
चुलोमा ल्याएर नचाउँनु हो ।
खबरदार देशलाई पिण्ड बनाउँनेहरु हो !
बिस्तारबाद र साम्राज्यवादले
नेपाली छाती चिथोरेर
अंग अंग लुछेको
अब / हेर्ने छैनन् जनताले दर्शक बनेर
अनि/ बस्ने छैनन्
परचक्री साशकहरुको गुलाम बनेर ।
होसियार कुलङ्गरहरु हो ,
कालापानी र लिम्पियाधुरा जस्ता
सिमा जोगाउन
गोलि निलेर रगत छाद्न
अहोरात तत्पर छन् ,
आगोको फिल्ङ्गोमा खेल्ने जवानहरु ,
यता एमसीसीको जंगली भुतबाट
देश बचाउन
जीवन को कुनै प्रवाह नगरी
एउटै रणभुमिमा एकै साथ
ओछिन पनि तयार छन् नेपाली जनता ,
ए ! सुन त यता
देश नङ्ग्याउने अनि
मेची र महाकाली बङ्ग्याउनेहरु हो !
एमसीसी पास गरि लागु गर्नु भनेको
नेपाली ढिकुटीको साचो बोक्ने
बिदेशी सक्तिको सिंह जन्माउनु हो ।
यद्यपि , खबरदार
जनताको आव्हान ।
भोजपुर -अरुण -५
२०७७/३/२०