बागलुङ क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

बागलुङ, बागलुङको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा रहेका निसीखोला गाउँपालिका-२ देविस्थान घर भएका २९ वर्षका युवककाे गए राती निधन भएको हो ।

लकडाउन अघि नै फोक्सो सम्बन्धी समस्याको उपचारका लागि भारत गएका र उपचार सम्भवन नभएर फर्केपछि उनलाई क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बुतिवाङले जानकारी दिएको छ । उनको स्वाब संकलन गरि पीसीआर रिपोर्टका लागि पठाइएको प्रहरीले जनाएको छ ।