नेकपा विवाद : केन्द्रीय कमिटी वैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन
काठमाडौं, केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल– माधव नेपाल पक्षबीच चरम विवाद देखिएको बेला केन्द्रीय सदस्यहरुले बैठकको माग गरेका हुन्। नेकपाको असार १० गतेदेखि स्थायी कमिटी बैठक चलिरहेको छ। शनिबारका लागि तोकिएको बैठक दुई अध्यक्षबीच थप छलफल गर्ने भन्दै स्थगित गरिएको थियो।
शनिबार बेलुका मात्रै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर दुईमध्ये एक अध्यक्षको पक्ष लिन निर्देशन दिएका थिए। सहमतिका लागि आज दुई अध्यक्षबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेन।
नेकपामा ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ। पार्टीको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय कमिटी बैठक बोलाउनु पर्छ।

