नेकपा फुटने पक्का ! ओलीले देउवासंग गरे यस्तो ब्रिफिङ्ग
काठमाडौँ, सत्तारुढ नेकपा करिबकरिब फुटको अन्तिम संघारमा पुगेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले फुटको ब्रिफिङ्ग गरेका गरेका छन । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका हुन्।
साथै ओललिे पार्टी बिभाजन गराएर काँग्रेससंग सहकार्यगरेर पार्टी बनाउने सहमति समेत भएको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार केहि संबिधान नियुक्तिहरुमम समेत सहमतिमा नियुक्त गर्ने जनाइएको छ ।
असार १७ गते राति (बुधबार) ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा कुराकानी भएको बताइएकाे छ । उक्त भेटघाटपछि देउवाले आफ्नो निवासमा विश्वासिला नेताहरुसँगको कुराकानीमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले ओलीले पार्टी विभाजन गर्ने निष्कर्षमा पुगेको बताएका हुन्।
दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि डेढ घण्टासम्म पार्टी विभाजनपछि कसरी अघि बढ्ने भन्ने भावी राजनीतिक रोडम्यापबारे पनि कुराकानी भएको विश्वस्त स्रोतले जानकारी दियो।
देउवाले आफ्ना निटक नेताहरुसँग उक्त भेटबारे भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘देउवाजी ओलीले पार्टी फुटाउनु हुन्छ भन्नेमा विश्वत हुनुभएको रहेछ। उहाँहरुबिच पार्टी विभाजनपछि पनि कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ।’ स्रोतका अनुसार नेकपा विभाजनपछि सरकारमा सहभागी हुन ओलीले देउवालाई आग्रह गरेका छन्। जवाफमा देउवाले ‘त्यसका लागि आफू तयार रहेको’ बताएका छन्।
ओली देउवाबिचको उक्त सहमति भएको सूचना नेकपा अरु शीर्ष नेताहरुले पाएसँगै उनीहरु थप शसंकित बनेका छन्। ओलीलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट समेत हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लागि परेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
नेताहरुले जारी स्थायी कमिटि बैठक रोकेर सहमतिका लागि कोशिस गरे पनि नेकपाभित्रको विवाद झन् झन् गहिरिँदै गएको छ। शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सोमबारसम्म स्थगित भएको छ। ४५ सदस्यीय स्थायी कमिटिका ३० जना सदस्य ओलीलाई दुवै पदबाट राजीनामा गराउने पक्षमा उभिएका छन्।
शनिबार बेलुका प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफ्नो कित्ता क्लिएर गरेर बस्न निर्देशन दिएका छन्। आफू दुवै पदबाट नहट्ने र परिस्थिति जटिल बन्दै गएकाले ‘स्टेप बाइ स्टेप’ ‘बाइ फोर्स’ अघि बढ्नु पर्ने अवस्था आउन सक्ने ब्रिफिङ गरेका थिए।

