थप २९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या १५७८४
प्रकासित मिति : २०७७ असार २१, आईतवार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।
संक्रमितमध्ये ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा १३२ डिस्चार्ज भएका छन्।
यस्तै ३५ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको छ।
हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३१ हजार ५७३ जना बसिरहेका छन् भने आइसोलेसनमा ९ हजार २०३ जना रहेका छन्।