बाँकेमा पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ
प्रकासित मिति : २०७७ असार २०, शनिबार १८:३९
प्रकासित समय : १८:३९
नेपालगन्ज, बाँकेमा एक जना पाटे बाघको छाला र हड्डि सहित एकजना पक्राउ परेका छन । शनिबार प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको टाेलीले एकजना पक्राउ गरेको हो ।
बाँके राप्तीसोनारी गाउँपालिका १ सिमलघारीका नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको बाघको पाटे बाघको छाला र हड्डि सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लुकाएर राखेको टाटेपाटे बाघको छाला,र हड्डि सहित घर्ति मगरलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।