शान्ति पुर्नस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाको उद्धार
कपिलवस्तु, भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।
मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिला हरू गरि छ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको छ । २०७६ साल फाल्गुन २९ गते कुवेत र इरान विदेश पठाउछु भन्ने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारत दिल्लीको कुरारी जोरदा भन्ने ठांउमा राखदै आएका थिए ।
त्यहीँ ठाउका स्थानीय हरुले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुर्नस्स्थाना गृहका क्षेत्रीय संयोजक भुमि राज भट्टराईलाई सम्पर्क गरेर स्थितबारे जानकारी गराएका थिए । भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाको अध्यक्ष बाबु रोका मगरको सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि आज कृष्णनगर भन्सार नाका हुदै शान्ति पुर्नस्थाना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलको सहयोगमा नेपाल ल्याइएको छ ।
भारतको दिल्लीबाट उद्धार गरिएका महिलाहरु लाई शान्ति पुर्नस्थाना गृह मार्फत मानव वेचविखन को केन्द्रीय व्यूरोमा थप अनुसंधानको लागी पठाउने तयारी भइरहेको कुरा शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थीले बताउनु भएको छ ।