बझाङ पहिरो उद्धारमा हिँडेको सेनाको गाडी आफै पहिरोमा फस्यो, ३ घाइते
प्रकासित मिति : २०७७ असार २०, शनिबार १३:५२
प्रकासित समय : १३:५२
बझाङ, बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी पहिरोमा पर्दा तीन जना घाइते भएका छन् । पहिरो घर पुरिएरको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा फसेको हो ।
शुक्रबार गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

