प्रधानमन्त्री बालुवाटार फर्किए, मन्त्रीहरु पनि पुगे

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए ।

यस्तै, मन्त्री र राज्यमन्त्री बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओली शितलनिवासबाट फर्किएपछि उनीहरु पुगेका हुन् । प्रधानमन्त्री ओलीले साँझ ७ बजेका लागि बोलाएका थिए । यद्यपि छलफलको विषय नखुलेको बताइएको छ ।