प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले स्थायी कमिटीलाई हुल्लडहरुको समुहको संज्ञा दिएका छन । शनिबार बादुवाटारमा मन्त्रीहरुसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने म बाइफोर्स स्टेप चाल्दैछु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस् भन्दै स्थायी कमिटीलाई हुल्लडहरुको समुहको संज्ञा दिएका हुन ।

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

पछिल्लो परिस्थितिबारे सल्लाह गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठकमा सो धारणा राखेका हुन्। पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्शका बोलाएर सबैलार्इ आआफ्नो कित्ता प्रष्ट पार्न भनेका हुन्।

उनले शनिबार साँझ गरेको सो बैठकमा पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।  ओलीले सो बैठकमा मन्त्री, राज्यमन्त्रीहरु र सल्लाहकार सबैलाई राखेर सो धारणा राखेका हुन्। उनी त्यसअघि राष्ट्रपति निवास शितलनिवास पुगेर विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए।