पाकिस्तानमा गाडी दुर्घटना, २१ जनाको मृत्यु
प्रकासित मिति : २०७७ असार २०, शनिबार ०७:३८
प्रकासित समय : ०७:३८
एजेन्सी, पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।