नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४
प्रकासित मिति : २०७७ असार २०, शनिबार १७:२३
प्रकासित समय : १७:२३
काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।