फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् ।

यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो।

पार्टीमा विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागिएपछि विवाद चर्किएको छ।

बैठक स्थगित गर्ने भएपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग आन्तरिक परामर्श सुरु गरेका छन्।