भन ए निस्ठुरी के गर्ने बिचार छ
प्रकासित मिति : २०७७ असार १८, बिहीबार ०७:५५
प्रकासित समय : ०७:५५
चलाएर छुरी के गर्ने बिचार छ
भन ए निस्ठुरी के गर्ने बिचार छ ।
टहराको वास सम्झनामा तिमी
पठाई रैछेउ हुरि के गर्ने बिचार छ ।
यता मेरो मुटु झिकी राखी सके
पठायौ खुकुरी के गर्ने बिचार छ ।
म छु मजबुरी म पर्ख न ए सानु
बनाई मन आतुरी के गर्ने बिचार छ ।
सिकारीको फन्दा परे थाहा पाउली
बनेर कस्तुरी के गर्ने बिचार छ ।
कमलबजार, अछाम
हाल नेपालगन्ज