राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य
प्रकासित मिति : २०७७ असार १८, बिहीबार १६:०४
प्रकासित समय : १६:०४
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गरेकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भए बमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।
सरकारले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।