दाङमा एक बालिका र महिलामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ५९१
प्रकासित मिति : २०७७ असार १७, बुधबार १७:५१
प्रकासित समय : १७:५१
दाङ , दाङमा बुधबार आज एक बालिका र एक महिला गरी थप २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा बंगलाचुली गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ का ४ वर्षीय बालिका र साेही वडाकी २९ वर्षीया महिलामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । आज प्रतिष्ठानमा गरिएको २ सय ७५ जनाको स्वाब परिक्षणमा ७५ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । अब प्रतिष्ठानमा अब १ सय ६७ जनाको मात्र स्वाब परिक्षण गर्न बाँकी रहेको प्रतिष्ठानले जनाएकाे छ ।