राप्ती गाउँपालिकाको क्वारेन्टाइन भद्रगोल, क्वारेन्टाइनबाट भागिन् एक महिला

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाको एक क्वारेन्टाइनबाट एक जना महिला भागेकी छिन् । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट भागेकी हुन । 

राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक महिला गेट नाघेर गएराती भागेको र अहिले ती महिला आफ्नै घरको छतमा हाेम क्वारेन्टाइनमा बसिरहेको प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्लले जानकारी दिए  ।

भारतको मुम्बईबाट ४ जनाको परिवार सहित अाएका ती महिला क्वारेन्टाइनमा बसेको ३१ दिन पछि रिपोर्ट आएको थियो जसमा छोराको रिपोर्ट पोजेटिभ आएको र अन्यको रिपोर्ट नेगेटिभ आएपनि पुन क्वारेन्टाइनमै राखिराखेको अवस्थामा उनी आफ्ना श्रीमानलाई समेत नभनि भागेको उनका श्रीमानले सञ्चारकर्मीलाई बताएका छन् ।

छोरालाई देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरमा भर्ना गरिएको छ । भने बाँकी परिवार क्वारेन्टाइनमै बसेका थिए । ती महिलाका दुई छोरा र श्रीमान रहेका छन् । अहिले ती महिलालाई लिन ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत मझेरीया गएका छन् ।