बाँकेका थप ७ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ असार १७, बुधबार १८:२३
प्रकासित समय : १८:२३
नेपालगन्ज, बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको हाे ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नयाँ थपिएका संक्रमितमा बाँके खजुरा १ का ३० बर्षिय पुरुष, २ का ३६ बर्षिय महिला, ६ का २५ बर्षिया महिला र ४ बर्षिया बालिका गरी ४ जना त्यसैगरी, कोहलपुर २ का २३ बर्षिया महिला र ३९ बर्षिय पुरुष र १२ का ९ बर्षिय बालक सहित ३ गरी ७ जना रहेका छन ।
योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ६३ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।