प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि गंगालालमा

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । उनी मुटुको नियमित परीक्षणका लागि उनी गंगालाल अस्पतालमा गएका हुन् ।

प्रधानमन्त्रीकाे निजि सचिवालयका अनुसार नियमित जाँचका लागि प्रधानमन्त्री ओली बुधबार दिउँसो अस्पताल गएका हुन  । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकका कारण ओली दबाबमा छन् ।

बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ । सरकार ढाल्नका लागि भारतका साथै पार्टीका केही नेताहरू सक्रिय भएको अभिव्यक्ति दिएपछि उनलाई सरकार छाड्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरूले दबाब दिइरहेका छन् ।