प्रतिनिधिसभा बैठक असार २२ सम्मका लागि स्थगित

काठमाडौं, संघिय संसदको प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मको लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आगामी बैठक असार २२ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।