नेपालमा कोरोना संक्ररमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
प्रकासित मिति : २०७७ असार १७, बुधबार १६:५९
प्रकासित समय : १६:५९
काठमाडौ, कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ।
असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पतालमा पुगेका उनको असार १४ गते मृत्यु भएको हो।
उनी मधुमेहका बिरामी थिए। मृत्युपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको हो। उपचारका क्रममा बिरामीसँगै रहेका २ जना कुरुवाको भने कोरोना नेगेटिभ आएको छ।