नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।