नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएकोहो  १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। बैठकको चौथो दिन हिजो मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल तथा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

आजको बैठक बस्नुअघि बिहान ओलीले आफ्नो पक्षका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुसँग आगामी रणनीतिबारे छलफल गरेका थिए। त्यसैगरी दुई अध्यक्षबीच पनि छलफल भएको थियो।