एकछिनमै सकियो आजको नेकपा स्थायी कमिटी वैठक
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले आज (बुधबार) बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
आजको बैठकमा पाँच जना नेताहरुले आ–आफ्नो धारणा राखेको पनि उनले जानकारी दिएका छन् । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाई, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।
प्रधानमन्त्रीले केहि दिनअघि दिएको अभिव्यक्तिलाई दिएर शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । नेताहरुले सरकार र पार्टी दुवैतर्फको नेतृत्वमा ओली असफल भएको भन्दै राजीनामा मागेपछि नेकपाभित्रको राजनीति जटिलतातर्फ प्रवेश गरेको छ ।
पार्टीभित्र उत्पनन भएको पछिल्लो संकटका विषयमा प्रधानमन्त्री ओलीले बुधबार विहान मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित स्थायी समितिमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका थिए ।