न्यायाधीशका अङ्गरक्षकले गरे गोली हानेर आत्महत्या
प्रकासित मिति : २०७७ असार १६, मंगलवार ११:३५
प्रकासित समय : ११:३५
काठमाडौं, जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन ।
सोमबार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले अदालतको छतमा गएर आफैले बोकेको पेस्तोलले आफ्नै कञ्चटमा गोली हानि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।